ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’को प्रयोग | Khabarhub Khabarhub

ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’को प्रयोग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव भएपछि सडक अनुशासन कायम गराउन ‘डमी’ ट्राफिक प्रहरीको सहारा लिइएको छ ।

‘डमी’लाई विराटनगर–बुढीगङ्गाअन्तर्गत निमुवासम्मको नौ स्थानको सडकको मध्यभागमा खडा गरिएको छ । ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटनामा अङ्कुश लगाउन मद्दत पु¥याएको छ भने मापसे गरेर सवारी कुदाउनेलाई समेत सतर्क तुल्याएको छ । बीच सडकमा ठडिएका ‘डमी’ ट्राफिक प्रहरी असरदार देखिएको छ र ‘डमी’ भएको स्थानमा मापसे सेवनबाट हुने सवारी क्षतिको आँकडामा आश्चर्यजनक सुधार आएको छ ।

सडक दुर्घटना न्यूनीकरण, सचेतना र सतर्कताका लागि राखिएका ‘डमी’ ट्राफिक प्रहरी नक्कली भए पनि दुरूस्तै देखिन्छ । बीच सडकको डिभाडरमा टाँगिएका ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटना हुन नदिन प्रभावकारी भूमिका खेलेको छ ।

‘डमी’ ट्राफिक प्रहरीले चालकमा मनोवैज्ञानिक प्रभाव पारेको छ । कुनै हर्कत नगरी उभिए पनि ‘डमी’ ट्राफिक प्रहरीले सडक सुशासन कायममा सफलता पाएको महशुश सर्वसाधारणले समेत गरेका छन् । परबाट ‘डमी’ को आकार प्रकार सक्कली ट्राफिक प्रहरी झैँ देखिन्छ । ‘डमी’ ट्राफिक प्रहरीलाई टाढाबाट सक्कली ठानेर जथाभावी सवारी साधन चलाउने चालकले समेत सतर्कतापूर्वक सवारी चलाउने, लेन नमिच्ने, जथाभावी ओभरटेक गर्न आँट नगरेकोल दुर्घटनाको तथ्याङ्क सुध्रिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको ‘डमी’ ट्राफिक प्रहरी राखेर ट्राफिक सचेतना फैलाउने प्रयोग सफल देखिएको छ । सडक अनुशासन पालना गर्न गराउन ठाउँ–ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्ने कार्यको चौतर्फी प्रशंसा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीले मोरङमा ट्राफिक प्रहरीको जनशक्ति न्यून भएको र सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले दुर्घटनाको जोखिम भएका स्थानमा ‘डमी’ ट्राफिक प्रहरीबाट काम चलाइएको बताए । उनलेले सर्वसाधारणमा निर्जीव ‘डमी’ ट्राफिक प्रहरीको प्रभाव सक्कली ट्राफिक प्रहरी झैँ पर्ने गरेको बताए।

कार्कीले ‘डमी’ ट्राफिक प्रहरी राखेपछि आश्चर्यजनकरूपमा गम्भीर प्रकृतिका दुर्घटनामा कमी आएको बताए । ‘डमी’ ट्राफिक प्रहरीले दुर्घटनाको सम्भवाना ५० प्रतिशतले घटाएको, चालकमा सतर्कताको भावना पैदा गरेको र सचेतना फैलाउने कार्यमा सहायक सिद्ध भएको उनको भनाइ थियो ।

ट्राफिक प्रहरी नपुगेको ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्दा मादक पदार्थ सेवन गरेर सवारी कुदाउनेको सङ्ख्यामा समेत कटौती भएको प्रमुख कार्कीले बताउनुभयो । उनले सक्कली र ‘डमी’ ट्राफिक प्रहरीबाट मात्र ट्राफिक व्यवस्थापन कायम गर्न नसकिने भन्दै सचेतना प्रवद्र्धनको कार्यक्रमलाई तीव्र पारिएको जानकारी दिए।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ०६ बजे

सवारी जाम गरेर यातायात व्यवसायीको आन्दोलन (तस्बिरहरू)

काठमाडौं– सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै

युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को- युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली– जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृतका लागि रोजगारीका लागि आवेदन

दिवंगत छोरीलाई सम्झिँदै भावुक भएर मैदानमै रोए लुइस एनरिक्वे

म्युनिख– पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले म्युनिखमा एक अविश्वसनीय रातमा इन्टर