एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत « Khabarhub

एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ ।

पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो ।

हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पु¥याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पु¥याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैङ्कले भनेको छ, ‘पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन सङ्कटको समयमा प्रायः असमान रूपमा प्रभावित हुने गरिब परिवारहरूलाई लक्षित गर्ने व्यवस्था गरिएको छ ।’

यस कार्यक्रमले नगद स्थानान्तरण प्राप्त गर्ने परिवारको सङ्ख्या ७९ लाखबाट बढाएर ९० लाख पु¥याउन र प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको सङ्ख्या वृद्धि गर्न सहयोग पुग्ने र यस सहयोगले दक्षिण एशियाली मुलुकमा स्वास्थ्य सेवा र पोषण सामग्रीको भौगोलिक कभरेज पनि बढाउने एडीबीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ५७ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा