चितवनमा यस्तो छ मतगणनाको तयारी « Khabarhub

चितवनमा यस्तो छ मतगणनाको तयारी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन – तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ। क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन्। क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ। बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ।

जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ। सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।

क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन्।

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन्। उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्। १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ५२ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका