गुल्मी-१ को अर्बेनीमा स्थगित मतदान भोलि हुने | Khabarhub Khabarhub

गुल्मी-१ को अर्बेनीमा स्थगित मतदान भोलि हुने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बुटवल – विवादका कारण स्थगित गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ। गुल्मी जिल्लाको क्षेत्र नम्बर- १ को कालीगण्डकी गाउँपालिका वडानम्बर-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको हो।

आइतबार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो।

स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए। जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०२ बजे

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७

चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी

बेइजिङ – चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी