जुम्लामा सर्वदलीय बैठकपछि मतगणना हुने | Khabarhub Khabarhub

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना हुने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।

मतगणना सुरु गर्नका लागि केही बेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ। सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणना स्थलमा उम्मेदवार र राजनीतिक दलको एक÷एक जना प्रतिनिधिलाई सहभागी हुनेछन् । जिल्लामा सङ्घीय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम (कुँवर), नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य  प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजङ्ग शाही, नेकपा एमालेका धीरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई स्थानका लागि निर्वाचन भएको छ ।

जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । जिल्लामा एक सय छ मतदान केन्द्र र ८३ वटा  मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५३ बजे

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको