नवलपरासीको देवचुलीमा आज मतदान | Khabarhub Khabarhub

नवलपरासीको देवचुलीमा आज मतदान


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ ।

आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए ।

स्थगित मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उनले बताए। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।

नवलपुरमा ६६ प्रतिशत मतदान 

दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा करिब ६६ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलव ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एक जना तेस्रो लिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उनले बताए ।

जिल्लाका एक सय १३ मतदान स्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा  कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा मतगणनाको तयारी 

नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरूप अहिले सर्वदलीय बैठक जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणना स्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ ।

“सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उनले भने “अबको केही बेरमा हामीले मतगणना गर्ने छौँ ।”

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : १४ बजे

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको