मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो « Khabarhub

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो ।

सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएको छ  । मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ। 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कूल चार सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा तीन सय १८ मत खसेको छ । मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा चार हजार आठ सय ४५ अर्थात् ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई हजार चार सय ८६ महिला र दुई हजार तीन सय ५९ पुरुषले मतदान गरेका छन् ।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ०९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन