ब्रेकिङ स्टोरी

काठमाडौं-१ मा रविन्द्र मिश्रको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौं– काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन । अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन ।

कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन । 

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्कर बमले १३६५ मत प्राप्त गरेका छन ।