ललितपुर - २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो ।

ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार महर्जन आठ हजार छ सय ७८ मतसहित अगाडि छन् ।

त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्यले छ हजार सात सय मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले चार हजार आठ सय २८ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले चार हजार छ सय ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले तीन हजार आठ सय ३४ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : २२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने