ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा « Khabarhub

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो ।

ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार महर्जन आठ हजार छ सय ७८ मतसहित अगाडि छन् ।

त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्यले छ हजार सात सय मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले चार हजार आठ सय २८ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले चार हजार छ सय ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले तीन हजार आठ सय ३४ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : २२ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि