छाला र अनुहारको हेरचाह उमेर अनुसार गर्नुपर्छ | Khabarhub Khabarhub

छाला र अनुहारको हेरचाह उमेर अनुसार गर्नुपर्छ

‘दैनिक नुहाउनेले सँधै साबुन प्रयोग गर्दा ख्याल गर्नुपर्छ’



काठमाडौं -जाडो मौसममा छालाको हेरचाह गर्न जटिल हुन्छ । छालाको हेरचाह जति गर्‍यो, त्यति आफ्नो निखारता र सुन्दरता पनि बचाउन सकिन्छ । तर जाडोमा छालाको सुरक्षा गर्न चुनौती पनि छ । जाडोको समयमा हाम्रो छालाको हेरचाह कसरी गर्ने ? यसै विषयमा आधारित रहेर छाला रोग विशेषज्ञ डा. राजन ताझ्यासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

छालाको हेरचाह नगर्दा कस्तो कस्तो समस्या देखिएको छ ?
छालाको मुख्य काम भनेको शरीर भित्रका अङ्गको र शरीरमा किटाणुले गर्दा हुने विभिन्न रोगहरूबाट बचाउने हो । अरु रोगहरूबाट बचाउन र आफूलाई स्वस्थ्य र युवा देखाउन छालाको हेरचाह गर्नु पर्दछ ।

आफै घरमा बसेर विभिन्न उत्पादन प्रयोग गर्दा छालालाई असर गर्ने हो ?
घरेलु प्रोडक्टहरु पनि आ–आफ्नो छाला अनुसार सुट गर्ने हुन्छ । एउटै प्रोडक्टले एउटालाई राम्रो गर्याे भने अर्कोलाई असर गर्दछ । त्यसैले आफ्नो छाला कस्तो हो त्यो अनुसार सबै थाहा भएर मात्र प्रयोग गर्नु पर्दछ ।

बिहानदेखि बेलुकासम्म छालाको कसरी हेरचाह गर्ने ?
छालाको हेरचाह शरीरको जस्तै गरी गर्ने हो । अहिले केयर भन्दा पनि ओभर केयर भएको छ। मानिसहरू नुहाउने भनेर आधा घण्टा भन्दा बढी र पानीमा बस्ने र साबुनको धेरै प्रयोग गर्नु हुन्छ । ३० वर्ष भन्दा माथिको उमेर भएकाले लोसनको अनिवार्य प्रयोग गर्नु पर्दछ । व्यक्तिले दिनकै नुहाउने हो भने दिनकै साबुन लगाउनु हुँदैन । नुहाएपछि लोसनहरुको प्रयोग गर्नु पर्दछ। सानैदेखि सुख्खा छाला छ भने लोसनहरू अनिवार्य लगाउनु पर्दछ । ५ देखि १० मिनेटमा पानीमा बसेर साबुन धेरै प्रयोग गरेको छैन भने धेरै रोगबाट बचिन्छ । स्कीन केयर भन्ने बित्तिकै मान्छेहरू अनुहारको मात्र बुझ्नु हुन्छ । हुन त शरीरमा कपडाले अरू छाला छोप्छौँ । तर अनुहार छोप्दैनौँ र पनि अनुहारको छाला को विशेष ख्याल गर्नु पर्दछ । शरीरको लागि हामीले व्यायाम गर्छौँ । तर फेसको लागि कसैले पनि व्यायाम गर्दैनौँ । सामान्य केयर भनेको मुख धुने मोइस्चराईजर लगाउने र त्यसपछि आवश्यकता अनुसार र फेस अनुसार सन ब्लक लगाउने, आवश्यकता अनुसार टोनरहरु लगाउन सकिन्छ । शेरमको प्रयोग गर्नै पर्दछ भन्ने छैन भयो र सकिन्छ भने लगाउँदा हुन्छ । शेरम लगाउँदा सबै भन्दा पहिला सेरम लगाउने र सनब्लक गर्दे बाक्लो बाक्लो गर्दै लगाउने गर्नु पर्दछ ।

मिलाएर नलगाउँदा कस्तो समस्या आउँछ ?
समस्या त आउँदैन । तर मिलाएर नलगाउँदा त्यसको उपयोग हुँदैन । फेसमा चमक आउँदैन। केही पनि समस्या नभएको स्किनमा जे लगाउँदा पनि समस्या हुँदैन । कुनै समस्या भएको स्किन भए पोल्न सक्छ ।

उमेर अनुसार कस्तो–कस्तो क्रिम लगाउने त ?
यो उमेर अनुसार सबैको स्किन एउटै हुँदैन । चिन्ता धेरै भयो । पर्याप्त खाना भएन, पर्याप्त आराम भएन भने छिटो छाला चाउरिन सक्छ ।

सधैँ युवा र स्वस्थ्य देखिन के गर्ने त ?
शरीरलाई जसरी केयर गरिन्छ । त्यसरी छालाको पनि केयर गर्ने । सबै भन्दा महत्वपूर्ण भनेको बिहान बेलुका फेसवास गर्ने र मोइच्चुराईजर लगाउने । त्यसैले घाममा जोगिन सनक्रीन जति नै महँगो लगाए पनि त्यसले घामबाट ५० प्रतिशत मात्र बचाउँछ । त्यसैले मास्क र छाताको प्रयोग गर्ने र फेसमा योगा गर्ने, मसाजहरु गर्ने, अहिले हाइडोफेसियल भन्ने आएको छ । त्यसले फेसको सबै मसाज गर्दिन्छ । त्यो महिना दुई महिनामा गर्दा हुन्छ । यसको कुनै साइड इफेक्ट छैन । कसैको फेसमा खटिरा छ भने गर्नु हुँदैन ।

हाइड्रोफेसियल गर्दा कति लाग्छ, लागत सबैको पहुँचमा छ त ?
यो ठाउँ अनुसार फरक हुन्छ ।

पिम्पल बिग्रिएर बिग्रेको फेसमा के गर्ने?
हाम्रो शरीरमा चिन्ता र थकानको कारणले शरीरमा चिन्ताको हर्मनको मात्रा बढ्छ । कहिले एन्डोजल हर्मन बढ्छ । यस्तो समस्या आउन सक्छ । अस्पताल गएर जँचाउनु पर्दछ । सुरुमा उपचार गर्दा एउटा मलमले निको हुन्छ भने पछि धेरै औषधि गर्नु पर्ने हुन्छ ।

पिम्पल घरमा नै कस्तो हुँदा बस्ने कस्तोमा अस्पतालमा जाने त ?
सुरुमा आउँदा जति चलाए पनि दाग बस्दैन । जति धेरै पिम्पल आयो । त्यति नै छाला बिग्रिँदै जान्छ । चलाइराख्यो भने खाल्डो पर्दछ । त्यस्तो मान्छेलाई स्किन रिजीमिनेसन ट्रिटमेन्ट चाहिन्छ । त्यसले गर्दा दाग बस्दैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : २८ बजे

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री