चिसोमा इन्फ्लुएन्जाको संक्रमणबाट कसरी बच्ने ? « Khabarhub

चिसोमा इन्फ्लुएन्जाको संक्रमणबाट कसरी बच्ने ?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाडो बढेसँगै इन्फ्लुएन्जाको संक्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुने गर्दछ ।

दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । अहिलेसम्म नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

इन्फ्लुएन्जाको लक्षण
यो भाइरस संक्रमण भएपछि बिरामीमा ज्वरो आउँछ । खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने र सिगान बग्ने हुन्छ ।

यस्तै जीउ दुख्ने, मांसपेशी दुख्ने र थकान महसुस जस्ता लक्षण पनि देखा पर्दछन् । थकान महसुस हुने जस्ता लक्षण पनि यो भाइरस संक्रमण हुँदा देखा पर्ने गर्छन् ।

इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । तर ज्वरो आउँदा यसले अझ बढी असर गर्ने हुन्छ । सबैभन्दा धेरै कमजोर गराउँछ ।

फ्लुबाट कसरी बच्ने ?

यो भाइरस संक्रमण बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्ने ।

खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने ।

सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने ।

शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने ।

बेलाबेलामा सावुनपानीले हात हुने ।

बारम्बार हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।

सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउने ।

(डा.शेरबहादुर पुनसँगको कुराकानीमा अधारित)

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : २९ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको