यस्ता छन् विश्व इतिहासमा आज भएका महत्त्वपूर्ण घटना « Khabarhub

यस्ता छन् विश्व इतिहासमा आज भएका महत्त्वपूर्ण घटना


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २१ डिसेम्बर। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाः

प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमा
सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो। वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो। सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो। सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो।

उडानमा बम बिस्फोट
सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो। स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो।

विभेद उन्मूलनसम्बन्धी महासन्धि
सन् १९६५ मा जुनसुकै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर भएको थियो। सो सन्धि सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो। सो सन्धिले संसारभर जात र रङ्गका आधारमा हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो।

रेडियमको आविष्कार
पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रासायनिक तत्त्व रेडियम पत्ता लगाएका थिए। चाँदीजस्तो सेतो पदार्थ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ०० बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको