इथियोपियामा नपुरिएका युद्धका डोबहरू | Khabarhub Khabarhub

इथियोपियामा नपुरिएका युद्धका डोबहरू


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इथियोपियामा गृह युद्धको प्रभाव कम छैन। गरिबी, कुपोषण र कमजोर स्वास्थ्य संयन्त्र गृह युद्ध कालीन समयका स्वाभाविक नतिजा हुन्। त्यसबाट यस अफ्रिकी मुलुक पनि अछुतो रहने कुरै भएन। दरिद्रता र कुपोषणको एउटा कहालीलाग्दो अध्यायको एउटा उदाहरण हुन्, लीटल हाफटम। टिग्रेस भाषामा यसको अर्थ धनी भन्ने हुन्छ। तर, विडम्बना पाँच वर्षको उमेरका यी बालक जुन तौलका हुनु पर्ने हो। त्यसको आधा पनि छैनन्।

चिकित्सकले ज्याकेट र कपडा फुकालेर उनको शरीर बाहिर देखाउँदा आमा अधैर्य भएकी थिइन्। ती अमाले आफ्नो परिचय देखाउन चाहिनन्।

इथियोपियाको उत्तरी क्षेत्र टिग्रेसमा गएका दुई वर्षदेखि जारी गृहयुद्धको एउटा कहालीलाग्दो उदाहरण हो यो। यस्ता धेरै कहाली लाग्दा उदाहरण छन् र धेरै त्रासदी त्यहाँको जीवनले भोगेको छ। त्यहाँ अहिले युद्ध विराम भइसकेको छ।

तथापि, विगतको त्यो युद्धका पुरिन नसकेका अनेकौँ घाउहरू छन्। गत अगस्टमा राष्ट्र संघले नै टिग्रेमा प्रत्येक ३ मध्यका एक बच्चा कुपोषणको सिकार भएको जनाएको थियो। उत्तरी भेगको केही भूभागमाथि त्यहाँको संघीय सरकार र विद्रोही टिग्रे लडाकु दुवै पक्षले दाबी गरेका कारण सो युद्ध भएको हो।

युद्ध सुरु भएको जत्ति भयो, माक्दाको उमेर पनि त्यत्ति नै हो। आमा हिवोटको काखमा बसेकी त बच्चाका अवस्था पनि सही छैन। हिवोटको कथन अनुसार दिनको एक पटक खाने कुरा पाउन पनि कठिन भएको स्थानमा दुई पटक खान पाउनु त कठिन कुरा हो।

गत महिना राजधानी अदिस अबाबामा भएको सम्झौता अनुसार उनीहरूले सरकारले राहत सामग्री पठाएर त्यहाँको समस्या पूर्ण रूपमा हल हुनु पर्ने थियो तर, त्यसो भएको छैन।

डा. किबेन गेब्रेसाइली विगत १५ वर्ष देखि आइडर रिफरल अस्पतालमा कार्यरत शल्य चिकित्सक हुन्। ७० लाख जनसङ्ख्या रहेको त्यस क्षेत्रको त्यो नै सबै भन्दा ठुलो अस्पताल पनि हो। उनका लागि प्रत्येक दिन भयावह र कहालीलाग्दो अवस्थामा रहेका बालबच्चा र तीनका आमालाई देख्नु पर्दाको क्षण साँच्चै दुखद हो।

यस बिचमा केही पनि राहत सामग्री नआइ पुगेको होइन। तथापि त्यो सामग्री एकदमै कम छ। किबेनका अनुसार इन्टरनेसनल कमिटी अफ रेडक्रस आइसीआरसीले पठाएको सामग्री नै मेकेलेमा पुगेको पहिलो राहत हो। उनले दिएको जानकारी अनुसार ती सामग्रीले आवश्यक आधा व्यक्तिलाई एक दिनका लागि मात्र खाद्यान्न पुगेको थियो।

क्यान्सरका बिरामी त अझै ठुलो समस्यामा छन्। टिग्रेका कुनै पनि अस्पतालमा किमोथेरापीको औषधी छैन। प्रत्येक दिन, प्रत्येक साता र प्रत्येक महिना ती बिरामीको अवस्था झनै खराब बनेको छ। सुरुमा त्यहाँ पनि क्यान्सर उपचार हुने रोगको रूपमा थियो।

अहिले क्यान्सरको कुनै उपचार नै असम्भव लाग्न थालेको छ। हरेक बिरामीका लागि बिछ्यौनामा पल्टेर मृत्युका दिन पर्खेर बस्नु अनिवार्य जस्तै हुन थालेको छ। संयुक्त राष्ट्र सङ्घीय मानवतावादी दातृ निकायका अनुसार डिसेम्बर महिनाको सुरुवातमा त्यहाँ १ हजार ६ सय ट्रक सामग्री सामग्री पठाइएका छन्। खाद्यान्न लत्ता कपडा र औषधी पठाइएको छ। दातृ निकायले यो सहयोगलाई व्यापक बनाउने कुरामा बारम्बार जोड दिइरहेका छन्। तर, समस्या भने बढ्दो छ।

राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले २१ लाख लक्षित टिग्रेका व्यक्तिलाई खाद्यान्न आपूर्ति गराउने लक्ष्यमा उनीहरू सही बाटोमा चलेका छन्।

कार्यक्रममा प्रमुख क्लाउडे जिबिडारका अनुसार सम्झौता पछि त्यहाँ धेरै कुरामा सुधार भई रहेको छ। उनको दाबी केही साता या महिनासम्ममा त्यहाँ समस्याको पूर्ण रूपमा हल पनि भई सक्ने छ। त्यसो त उनको कथनलाई सामान्य नै पनि मान्नु पर्छ।

दुई वर्षको युद्धले निम्त्याएको समस्या रातारात हल हुने अपेक्षा गर्नु नै उनका अनुसार गलत हो। मेकेले टिग्रेली सरकारको नियन्त्रणमा थियो भने त्यसको उत्तरमा रहेको सिरे सङ्घीय सरकारको पकडमा थियो।

आइडर अस्पतालको अन्य कुनै शाखामा सेवा निवृत्त शिक्षक फकाडु जेम्बर बसको छन्। उनी गएको तीन महिना देखि मधुमेहको उपचार गराउने सोचमा छन्। तर, उनको त्यो सोचले पूर्णता पाएको छैन। उनी पनि त्यहाँ आएको समय देखि नै अस्पतालको सम्पूर्ण जीर्ण रूपमा रहको बताउँछन्। अनेक प्रयासका बाबजुद आवश्यक सामग्री पाउन कठिन छ।

उनले पनि शान्ति सम्झौता भए पछि यी सबै समस्याको समाधान हुने अपेक्षा गरेका थिए। तर औषधी लगायत अति आवश्यक सामग्री समयमा नआइ पुगेका कारण धेरै जना बिती सकेको उनी बताउँछन्। अति आवश्यक सामग्रीको अभावमा चिकित्सकले राम्रोसँग काम गर्न सकेका छैनन्।

“धेरै वटा अस्पताल घाइते लडाकु र सैनिकले भरिएका छन्” एक जना चिकित्सकले भने “यी मध्येका धेरैले उपचार नै पाएका छैनन्।” त्यहाँ भएको सबै भन्दा राम्रो कुरा भनेको सङ्घीय सरकारले मेकेलेमा बत्तीलाई पुन व्यवस्थित बनाएको छ। अस्पतालहरूले बच्चाका लागि अति आवश्यक सामग्री एचआइभी पीडितहरूलाई सामग्री आइ पुग्न थालेका छन्।

अति अशक्तहरूले धेरै मूल्य तिरी रहेका छन्। मकाडदाका आमा हिवोटले बच्चाको जीवन रक्षा र भविष्यका लागि सबै त्याग गर्न आफू तयार भएको बताएकी छन्। तर उनी पनि अहिले केही सोच्नै नसक्ने अवस्थामा छिन्।

२० वर्ष लामो गृह युद्ध सकाएर देशमा शान्ति स्थापना गर्न अतुलनीय भूमिका निर्वाह गरेका कारण नोबेल शान्ति पुरस्कार जितेका एबी अहमद त्यहाँका प्रधानमन्त्री छन्। सन् २०१९ मा भएको निर्वाचनमा उनले सफलता पाएका थिए। तर, आश्चर्यजनक रूपमा सुरुवाती दिनमा संसारमा नै नायकको रूपमा परिचित अहमदले २०२० को नोभेम्बरमा गृह युद्धको घोषणा गरेका थिए।

सन् २०१८ मा ४१ वर्षको उमेरमा उनी पहिलो पटक सत्तामा पुगेका थिए। पूर्ववर्ती सरकारको भ्रस्टाचार र कुशासनको विरुद्धमा सशक्त आवाज उठाउँदै उनी सत्तामा पुगेका हुन्। उनी सत्तामा पुग्नुका बाबजुद ती समस्या समाधान भएका थिएनन्।

उनको शासनकालमा इथियोपियाले आर्थिक वृद्धिमा ठुलो फड्को मारेको थियो। यसका बाबजुद सुरुआती वितरणमा समानता थिएन। त्यस समयमा ओमोरो लगायत आदिवासी समुदायमा ठुलो आक्रोश र गुनासो थियो। विशेष राहतका कार्यक्रम ल्याउँदै उनले त्यो समुदायलाई शान्त बनाएका थिए।

महिलालाई राष्ट्रपतिको रूपमा स्वीकार गर्नु, अति विपन्नलाई सम्बोधन गर्दै कार्यक्रम ल्याउनु र गरिबी निवारण तर्फ इथियोपियालाई अग्रसर गराउनु उनको शासन कालका विशेषता बनेको थियो। गरिब देशको रूपमा संसारमा परिचित देशलाई तीव्र रूपमा आर्थिक विकास भएको देशको रूपमा विकसित गराउनु उनको लक्ष्य थियो।

ती सबै लक्ष्यमा अगाडी बढी रहको समयमा उनी उत्तरी भूभागमा रहेको टिग्रै सत्ता प्रति भने नकारात्मक थिए। यसैका कारण त्यहाँको सेना र सङ्घीय सेनाको बिचमा युद्ध सुरु भएको थियो। २० वर्ष लामो युद्ध अन्त्य गर्ने एउटा नायक रातारात खलनायक बनेका थिए। अहिले उत्तरी टिग्रेको त्यस गम्भीर समस्यामा वर्तमान प्रधानमन्त्रीलाई पक्कै पनि जिम्मेवार ठानिन्छ।

राष्ट्र सङ्घको पछिल्लो प्रयासको प्रतिफल केही समयमा पक्कै देखिन्छ। दाबी गरिए अनुसार राहत सामग्री बिस्तारै जाने छ। त्यसका लागि केही समय पक्कै लाग्ने छ। त्यो समयसम्ममा टिग्रेमा कुपोषण र औषधी अभावका कारण धेरैले ज्यान गुमाइसकेका हुनेछन्।

(श्रोत : बीबीसी)

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ३४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही