बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसको राहत « Khabarhub

बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसको राहत


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल रेडक्रस सोसाइटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ। सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो।

आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर राई (गाउँपालिका अध्यक्ष), सोही घरमा भाडामा व्यवसाय गरिरहेकी इन्द्रकला राई, घर सहित सर्वस्व गुमाएका डिल्लीकुमार श्रेष्ठ, श्रेष्ठकै छोरा पवन श्रेष्ठ, घर सहित सर्वस्व गुमाएका रमेश परियार, परियारकै घरमा बस्ने शंकर वर्देवा र घर सहित धन सम्पत्ति गुमाएका अकबर राईलाई रेडक्रसले बन्दोवस्तीका सामान प्रदान गरेको हो।

अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए। रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पिडितलाई एक/एक थान सिरक प्रदान गरेको छ।

रेडक्रसकातर्फबाट उपलब्ध गराइएका राहत गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपाध्यक्ष गुरुराज राईले हस्तान्तरण गरेका थिए। बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्