बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसको राहत « Khabarhub

बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसको राहत


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल रेडक्रस सोसाइटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ। सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो।

आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर राई (गाउँपालिका अध्यक्ष), सोही घरमा भाडामा व्यवसाय गरिरहेकी इन्द्रकला राई, घर सहित सर्वस्व गुमाएका डिल्लीकुमार श्रेष्ठ, श्रेष्ठकै छोरा पवन श्रेष्ठ, घर सहित सर्वस्व गुमाएका रमेश परियार, परियारकै घरमा बस्ने शंकर वर्देवा र घर सहित धन सम्पत्ति गुमाएका अकबर राईलाई रेडक्रसले बन्दोवस्तीका सामान प्रदान गरेको हो।

अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए। रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पिडितलाई एक/एक थान सिरक प्रदान गरेको छ।

रेडक्रसकातर्फबाट उपलब्ध गराइएका राहत गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपाध्यक्ष गुरुराज राईले हस्तान्तरण गरेका थिए। बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ४६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा