पोखरामा अत्यधिक बेरुजु, फर्स्योटका लागि लेखा समितिको निर्देशन « Khabarhub

पोखरामा अत्यधिक बेरुजु, फर्स्योटका लागि लेखा समितिको निर्देशन


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा अहिलेसम्म २ अर्ब ५६ करोड बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म अद्यावधिक भएको बेरुजु मध्ये उक्त रकम देखिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ५४ करोड भन्दा बढी बेरुजु थपिएको छ। त्यसमध्ये २१ करोड २४ लाख असुल गर्नुपर्ने छ भने १८ करोड ५२ लाख नियमित गर्नुपर्ने तथा १३ करोड चाहिँ कागजात नपुगेका कारण बेरुजु रहेको छ।

१ करोड ७८ लाख भने पेस्की बेरुजु छ। वर्षमै यति धेरै बेरुजु हुनु भ्रष्टाचारको चरम देखिएको पोखराको सार्वजनिक लेखा समितिले जनाएको छ। समितिले उक्त बेरुजु तत्कालै फर्स्यौट गर्नुपर्ने र त्यसको व्यवस्था मिलाउन महानगरलाई  निर्देशन दिएको छ।

बेरुजुलाई सुशासनको नकारात्मक सूचकको रूपमा लिइने भएकोले तत्कालै फर्स्यौटमा लाग्न आग्रह गरिएको हो। ‘पोखरामा बेरुजु अत्यधिक बढेको छ। तर, फर्स्योटको अवस्था सुस्त भयो,’ समितिका संयोजक झपट रानाभाटले भने, ‘आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्छ। दैनिक रूपमा फर्स्यौटलाई प्रमुख जिम्मेवारीका साथ पूरा गर्नुपर्छ।’

बैठकले संघीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको तथा कामको प्रयोजनसमेत नखुलेको दुवै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाजमा खटाउने गरेको भन्दै त्यस्ता काम रोक्न पनि निर्देशन दिएको छ।

कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी जस्ता पदमा बाहेक अन्य पदहरूमा कर्मचारी राख्न नपाउने व्यवस्था भए पनि अन्य पदहरूमा  समेत करारमा कर्मचारी भर्ना गरिरहेको भन्दै लोकसेवा विना कर्मचारी भर्ना नगर्न निर्देशन दिइएको रानाभाटले बताए।

कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुँदाहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भए पनि महानगरको आफ्नै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाैँ रकम खर्च भएको महालेखाले औंल्याइएको छ।

लेखा समितिले भाटभटेनी, पानी पँधेरो, मणिपाल लगायतका निजी हस्पिटलहरु तथा सेल्वेज, ट्रेड मल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट, बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र निजी विद्यालयले पनि कर नतिरेको देखिएकोले तत्कालै असुल गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ५८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल