मलेसियाका ६५० बढी ठाउँमा नेपाली पर्यटनको प्रचार हुने | Khabarhub Khabarhub

मलेसियाका ६५० बढी ठाउँमा नेपाली पर्यटनको प्रचार हुने

मलेसियाका पर्यटनमन्त्रीको उपस्थितीमा केके सुपरमार्टसँग सम्झौता


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार अब मलेसियाका ६५० बढी ठाउँमा हुने भएको छ । नेपाल पर्यटन बोर्डले मलेसियाको ठूलो चेन भएको केके सुपरमार्टसँग सम्झौता गर्दै त्यहाँका ६५० बढी ठाउँमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रसारण हुने भएको छ ।

केके सुपरमार्ट मलेसियाको ठूलो चेन मार्ट हो । जहाँ लाखौँ ग्राहक किलमेलका लागि पुग्ने गरेका छन् । मलेसियाका ६५० भन्दा बढी ठाउँमा शाखा विस्तार गरेको केके सुपरमार्टले छिट्टै कम्तीमा एक हजार वटा आउटलेट खोल्ने महत्वाकांक्षा राखेको छ ।

नेपाल पर्यटन बोर्डले मलेसियाका ठूलो चेनमार्ट केके सुपरमार्टसँग नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने सम्झौता गरेको छ । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी र मलेसियाका सुपरमार्टका दतुक श्री डा.केके चाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार केके सुपरमार्टले आफ्नो सबै आउटलेटहरुमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भिडियो तथा फोटो प्रदर्शन गर्नेछ । यसका लागि बोर्डले केके सुपरमार्टलाई नेपालका पर्यटकीय क्षेत्रबारे बनाइएको भिडियो तथा फोटो उपलब्ध गराउनेछ ।

केके सुपरमार्टले आफ्नो डिजिटल बोर्ड तथा फ्लेक्समा नेपालका पर्यटकीय क्षेत्रको फोटो तथा भिडियो राख्नेछ । जसकारण किनमेल गर्न आउने हजारौँ ग्राहकले अब नेपालका सुन्दर पर्यटकीय क्षेत्र हेरेर नेपाल घुम्न आउन सक्नेछन् ।

मलेसियाका धेरै पर्यटक थाइल्याण्ड, युरोप र अमेरिका पुग्ने गरेका छन् । नेपालमा उनीहरु कमै आउने गर्छन् । नेपालको हिमाल, पहाड तथा तराईमा रहेका सुन्दर पर्यटकीय गन्तव्यका बारेमा थाहा पाएपछि उनीहरु नेपाल आउने बोर्डका सीइओ डा.रेग्मीको भनाई छ ।

‘नेपालका पर्यटकीय ठाउँहरु सुन्दर छन् । युरोप अमेरिकाभन्दा पनि राम्रा र विशेष खालका पर्यटकीय गन्तव्य नेपालमा छन्’ बोर्डका सीइओ डा.रेग्मीले टेलिफोनमा भने, ‘यसका लागि मलेसियाका पर्यटनमन्त्रीसहित ठूलो स्केलमा मानिसहरुले किनमेल गर्ने केके सुपरमार्टसँग सम्झौता गरेका छौँ । यो सम्झौता र प्रचारले अब नेपालमा मलेसियाका पर्यटक बढ्छन् ।’

डा.रेग्मीसँगको कुराकानीमा मलेसियाका पर्यटनमन्त्री किङ सिङले वार्षिक एक लाख पर्यटक नेपाल घुम्न जाने बताएका छन् । यसका लागि आफूले वातावरण मिलाउने मलेसियाका पर्यटनमन्त्रीले बताएका छन् ।

सन् २००१ मा स्थापना भएको केके सुपरमार्ट मलेसियाको ठूलो चेन मार्ट हो । जसका लाखौँ ग्राहक छन् । आगामी दिनमा ग्राहकहरुले प्रत्यक्ष हातमा नै नेपालका पर्यटकीय क्षेत्रको फोटो तथा विशेष सामग्री पाउने गरि बोर्डसँग सम्झौता हुने पत्रमा उल्लेख छ ।

नेपालका पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज ‘नेपाल सेल्स मिसन’ लिएर बोर्डका सीइओ डा.रेग्मीसहित नेपालका पर्यटन व्यवसासीसहितको टोली मलेसिया पुगेको हो । टोलीले क्वालालाम्पुर र पेनाङमा नेपाल सेल्स मिसन अन्तर्गत कार्यक्रम पनि सम्पन्न गरेको छ ।

टोलीमा पर्यटन बोर्डका सीइओ रेग्मी, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पर्यटन व्यवसायी, नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल लगायत छन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ०० बजे

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको