‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो’ « Khabarhub

‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भए पछि पत्रकारसँग उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिए।

‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’

उनले देउवाकै नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने संकेत पनि गरेका छन् । ‘उहाँकै नेतृत्वमा गठबन्धनको बहुमतको छेउमा छौँ। हाम्रो पार्टीका सांसद साथीहरु परिपक्व छन्। परिपक्व साथीहरु जनताबाट निर्वाचित भएर आएका हुन्’, उनले भने, ‘कांग्रेसले अनुभवी र जोड्ने नेतृत्वलाई निर्वाचित गरेको छ। कुरा होइन काम गर्ने नेतृत्वलाई चुनेको छ।’

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ०८ बजे

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा – त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला

कोप ३१ सम्झौतामा विवाद

टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच विविध क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा

नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध