बढ्यो सुनको मूल्य, चाँदीको कति? | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, चाँदीको कति?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार नौ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु २५ ले वृद्धी भई प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : १३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको