गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई संरक्षण | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई संरक्षण


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।  खजुरा-२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । 

मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए।  उनले भने, ‘पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन बन्न लागेको हो ।’

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले स्याहार गर्ने र पढाउने भएपछि १८ बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिए। उनका अनुसार पालिकाभित्र ५० बालबालिका अभिभावकविहीन भएको हुनसक्ने आँकलन गरिएको छ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ५८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो