रविलाई सांसदको शपथ लिन बाटो खुल्यो | Khabarhub Khabarhub

रविलाई सांसदको शपथ लिन बाटो खुल्यो


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खोलिदिएको छ ।

उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो ।

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकीर गरेका थिए ।

तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : १४ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका