नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधा राजश्व संकलन  « Khabarhub

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधा राजश्व संकलन 


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा राजश्व संकलन गरेको छ  । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/र०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठ्ने वर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ ।

कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो, जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ । पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो । 

भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा  १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ । पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो । 

असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन । जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार  थियो । जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो । जबकी  अन्तिम असोजमा कार्यालयले २ अर्ब ३७ करोड २४ लाख ६ हजार थियो । 

कात्तिकमा २०.३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ । जबकी विगतको कात्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो । 

मंसिर महीनामा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ । जबकी पछिल्लो मङ्सिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो ।  

कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजश्व उठाउन नसक्नुको कारण बाँकेमा भन्सार छलीका घटना बढ्नु हो । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ३५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह