युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ? « Khabarhub

युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् । 

फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल ब्याट्री प्रदान गर्ने बताएको छ, जसले देशको वायु रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने र धेरै बैठकहरू आयोजना गर्ने छन् । ‘युक्रेनको लचिलोपना र रक्षा क्षमतालाई बलियो बनाउन अमेरिका जाने बाटोमा छु’, उनले ट्वीटरमा लेखे ।

युक्रेनमाथि रुसी हमला सुरु भएपछि अमेरिकाले ठूलो स्तरमा कीभलाई सैन्य तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

जेलेन्स्कीले नियमित रूपमा राजधानी कीभमा विदेशी नेताहरूलाई स्वागत गर्नुका साथै र युक्रेन वरपरका सेनाहरूको भ्रमण गरेका छन् । उनले मंगलबार अग्रपङ्क्तिको सहर बखमुतको अघोषित भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ५२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं