सात लाख सेवाग्राहीले पाएनन् चालक अनुमतिपत्र  « Khabarhub

सात लाख सेवाग्राहीले पाएनन् चालक अनुमतिपत्र 


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । 

अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। अहिले विभागसँग भएको ‘मास प्रिन्टर’को छपाई गर्ने क्षमता दैनिक साढे चार हजार छ भने माग सात हजार हाराहारीमा रहेको छ । उनले भने, ‘एउटा मात्रै प्रिन्टरले माग धान्न नसकेका कारण यो समस्या आइरहेको छ ।’ गत वर्षमा कार्ड अभावका कारण पनि अनुमतिपत्र छाप्न नसकिएकाले विभागले अहिले कार्ड बाँकी रहँदैमा नयाँ खरिदका लागि प्रक्रिया अघि बढाएको उनले बताए । 

उनका अनुसार कार्ड खरिदका लागि सूचना निकालिएको र सरकारी खरिद प्रक्रियाअनुसार चारपाँच महिना प्रक्रियामा लाग्नसक्छ । उनले भने, ‘अहिले हामीसँग भएको कार्ड प्रयोग भइसक्दासम्म नयाँ कार्ड आउनेछ ।’ कार्यालयको चापअनुसार देशभरका यातायात व्यवस्था कार्यालयका अनुमतिपत्र छाप्न बाँकी सङ्ख्या फरक-फरक रहेको छ । 

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप बढी भएकाले धेरै छापिन बाँकी छ । काठमाडौँ उपत्यका कार्यालयका अनुमतिपत्र मार्चसम्मको छापिएर पठाइएको छ भने थोरै सङ्ख्यामा हुने कार्यालयको गत महिनासम्मको पनि छापेर पठाइसकिएको उनले बताए । उनले चालु आर्थिक वर्षमा नयाँ छपाइ उपकरण गर्न लागिएको समेत जानकारी दिए  ।

अहिले विभागसँग तीन वर्ष पहिले खरिद भएको एउटा मात्रै ‘मास प्रिन्टर’ रहेको छ । एउटा उपकरणले दैनिक १६ घण्टा छापिरहेको उनले बताए। उनले भने, ‘त्यही एउटा उपकरणबाट पनि सक्दो बढी काम लिइएको छ ।’ तत्काल आवश्यक पर्ने सेवाग्राहीलाई तुरुन्त चालक अनुमतिपत्र दिइने व्यवस्था गरिएको विभागले जनाएको छ । विदेश जाने नागरिकले आवेदन भरेर तीन दिनमा अनुमतिपत्र पाउने प्रवक्ता पनेरुले बताए । त्यसका लागि सेवाग्राहीले पासपोर्ट, भिसा र टिकट राखेर निवेदन दिने व्यवस्था गरिएको छ । 

उपत्यकाका चार कार्यालयपछि सेवाग्राहीको चाप पोखरा, बुटवल र नेपालगञ्जका यातायात कार्यालयमा रहेको छ । उनले भने, ‘यी बाहेकका अरु कार्यालयमा छापिनुपर्ने अनुमतिपत्र अति न्यून मात्रै रहेको छ ।’ अनुमतिपत्रसम्बन्धी सबै अधिकार प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारहरुले नसक्दासम्म संघीय सरकारले छापिरहेको प्रवक्ता पनेरुले बताए ।

 प्रदेशहरुले आफैँ छाप्नुपर्ने भए पनि अहिलेसम्म कुनैले पनि सुरु गरेका छैनन् । प्रदेश स्रोतसाधन सम्पन्न नहुँदा मात्रै विभागले गरेको र पछि प्रदेश आफैँले गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कार्यक्षेत्र प्रदेशको हो । अहिले विभागले सहजीकरण मात्र गरेको हो ।’ नेपालमा विसं २०७२ पुसमा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो ।

एशियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण ९प्रिन्टर० र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अन्य यातायात कार्यालयमा पनि उक्त प्रणाली विस्तार गरिएको थियो ।
आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो ।

तर उक्त उपकरणले प्रतिघण्टा ६० थान कार्ड मात्र छाप्ने क्षमता कारण विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरिद गरेको थियो । विभागमा हाल सञ्चालनमा रहेको उपकरणको छपाइ क्षमता प्रतिघण्टा चार सय ५० रहेको प्रवक्ता पनेरुले जानकारी दिए ।
देशभरका सबै कार्यालयमा ‘स्मार्ट’ कार्ड लागू भएपछि छाप्न झण्डै आठ लाख कार्ड २०७६ चैतदेखि सरकारले बन्दाबन्दीमा छपाइ सकिएको थियो । 

अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डको छपाइको गुणस्तरीय नभएको सेवाग्राही बताउँने गरेका छन् । केही वर्षयता यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । सेवाग्राहीको भीड व्यवस्थापनका लागि कार्यालयले टोकन प्रणाली लागू गरेको भए पनि भीडभाड कम नभएको देख्न सकिन्छ । 

–सञ्चिता घिमिरे रासस

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : ४७ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब