राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ « Khabarhub

राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई सपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले सपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस  प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : ५४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको