विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह « Khabarhub

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य  गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग लेटर अफ आशयपत्रमा हस्ताक्षर  गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाका हुन् ।

मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा भोला थापाको उपस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाको एकहप्ते भ्रमणमा रहेको टोलीले चेन्नईस्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसँग डाईवेटोलोटिमा सयुक्त विधावारीधि कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल गरेको थियो । 

आइआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमका लागि छलफल गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ०४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका