पूर्वप्रम खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

पूर्वप्रम खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यावस्थाको जानकारी लिएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता खनालले चिकित्सकसँग अध्यक्ष नेपालको स्वास्थ्यबारे जानकारी लिएका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना भएका छन् ।

पार्टी कार्यालय सचिव एवं उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीको तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनका अनुसार अध्यक्ष नेपालमा ज्वरो सामान्य छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ । छातीरोग विशेषज्ञ सन्तकुमार दासको नेतृत्वको टोली अध्यक्ष नेपालको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५२ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त