राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

सिपिसीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न अनुरोध गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको जानकारी दिए।

राष्ट्रपति सीले आधुनिकीकरणको चिनियाँ बाटो पछ्याउने र विश्वशान्ति एवम् समृद्धिका लागि थप अवसर प्रदान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी र युनाइटेड रसिया पार्टीबीचको संस्थागत आदान–प्रदान दीर्घकालीन रूपमा दुई देशका लागि राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।

दुई पक्षबीचको वर्तमान आदानप्रदान तेस्रो दशकमा प्रवेश गरेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले दुई पक्षबीचको शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवद्र्धन गर्ने विषयमा गहन संवाद जारी राखिने बताए । चीन–रूस बृहत् रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : २३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार