सातौँ चन्द्रौटा महोत्सवको तयारी पुरा « Khabarhub

सातौँ चन्द्रौटा महोत्सवको तयारी पुरा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तू – सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०७९ को तयारी पूरा भएको छ । भोलि बिहीबारदेखि सुरु हुने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवद्र्धन गर्ने रहेको मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले जानकारी दिए।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले बिहीबार उद्घाटन गरिने जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउने, अटो व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय व्यवसायीलाई स्टलमा प्राथमिकता दिइएको पोख्रेलले बताए ।

व्यापार सङ्घ कपिलवस्तुद्वारा आयोजित महोत्सवमा कृषिजन्य उत्पादनका स्टल निःशुल्क राख्ने व्यवस्था मिलाइएको संयोजक पोखरेलको भनाइ छ । ‘कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ चन्द्रौटामा सञ्चालन हुने महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुका लागि निःशुल्करूपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो । एक सय ५० बढी स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनीलगायत स्टल रहने बताइएको छ । महोत्सव यही पुस २१ गते समापन हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ५० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६