बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक : निर्वाचनबारे छलफल « Khabarhub

बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक : निर्वाचनबारे छलफल


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहानै सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।

सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : २४ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण