सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई गाउँपालिकाको एम्बुलेन्स निःशुल्क « Khabarhub

सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई गाउँपालिकाको एम्बुलेन्स निःशुल्क


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।

गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उनले बताए । दोस्रो लहरको कोरोना सङ्क्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो । ‘एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड सङ्क्रमित बोक्यौ, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो’, उनले भने ।

जिल्लाकै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि गत सातादेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उनले बताए ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क दिने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवाबाट तनहुँका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

यसअगाडि तनहुँकै व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ५५ बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका