तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने « Khabarhub

तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी)केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताए ।

‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ । निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने छ,’ उनले भने ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर शुक्रबारको गठबन्धनको बैठकमा भने उनको प्रस्तावमा छलफल भएन । स्थानीय तह निर्वाचन कहिले गर्ने तय गर्न कानुन विद्सँग परामर्श लिने निर्णय भएको थियो ।

यस्तै माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ । साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए ।

उनकाअनुसार बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि अध्ययन गरी सुझाव दिन पार्टीको आन्तरिक कार्यदल गठन गरिएको छ । यसअघि सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरिसकेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ०० बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका