‘पुष्पाः द राइज’का पाँच गल्ती « Khabarhub

‘पुष्पाः द राइज’का पाँच गल्ती


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– साउथ स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा अहिले पनि राम्रो व्यापार गरिरहेको छ । कोरोना महामारीका कारण भारतका कैयौं राज्यमा थिएटर बन्द गरिए पनि केही राज्यमा ५० प्रतिशत क्षमताका साथ खोल्न अनुमति दिइएको छ । यसको बाबजुद पनि फिल्मको बक्सअफिस कलेक्सन उत्कृष्ट छ ।

फिल्ममा अल्लु अर्जुनको संवाद बोल्ने शैली र द्वन्द्व दृश्यलाई दर्शकले निकै मनपराएका छन् । सबै कुरा राम्रा हुँदा हुँदै पनि यो फिल्मका पाँच गल्तीमा कसैले ध्यान दिएको छैन ।

पहिलो गल्ती, फिल्ममा पुष्पाका साथी केशव शुरुमा भेनको ढोका खोल्न जान्दैनन् । अर्को दृश्यमा उनै साथीलाई नयाँ मारुती कार चलाउँदै गरेको देखाइन्छ । जो मानिसलाई ढोका नै खोल्न आउँदैन, त्यो मानिस कसरी भेन चलाउन पुग्छ भन्ने गल्ती निर्देशक सुकुमारले देखाएका छन् ।

दोस्रो गल्ती, फिल्मको त्यो दृश्यलाई सम्झनुहोस्, जहाँ पुष्पाले प्रहरीबाट बच्नका लागि ट्रक उडाएर एक खाल्डोमा झार्छन् । पुष्पा जुन खाल्डोमा ट्रक झार्छन्, त्यो खाल्डो सडकको किनारामै हुन्छ । त्यसो भए के पुलिसले सडक किनारमा भएको यति ठूलो खाल्डो देखेन ? प्रहरीले खाल्डो नदेखेपनि कच्ची सडकमा ट्रकको टायरको निशाना त प्रहरीले देख्न सक्थ्यो नि । तर पुष्पालाई पक्रने प्रहरीको दिमाग सानो भएकाले पनि यी सारा कुरा खोज्न उसले मेहनत गरेन ।

तेस्रो गल्ती, जब पुष्पा श्रीनूको साला मोगलिसलाई पानीमा मार्छ, त्यहाँ उसले पानीमा मोटरसाइकल पनि घुमाउँछ । जबकी नदीमा ठूला–ठूला चट्टान हुन्छन्, अब सोच्नुहोस् कि चट्टानको बीच पानीमा बाइकलाई घुमाउने विज्ञानको कुन नियमले सही भन्छ ?

चौथो गल्ती, फिल्ममा सबैभन्दा ठूलो गल्ती त्यो दृश्यमा छ, जहाँ पुष्पा रक्तचन्दनको लकडीलाई पानीमा फ्याक्छन् । यसैमा पुरा कथा आधारित छ । अन्तर्राष्ट्रिय बजारमा रक्तचन्दनको मूल्य करोडौं छ । भारतको रक्त चन्दनको सर्वाधिक माग गर्ने चीन हो । रक्तचन्दनको यस्तो काठ हो, जसको सानो भन्दा सानो भाग पनि पानीमा डुब्छ । तर फिल्ममा भने काठ पानीमा तैरिएको देखाइएको छ ।

पाँचौं गल्ती, फिल्मको एक दृश्यमा पुष्पा ट्रकको बोनटमा बसेर घुमिरहेको देख्न सकिन्छ । दृश्यमा ट्रक घुमिरहेको छ, तर ट्रकको भित्र कुनै चालक हुँदैनन् । यस्तो अवस्थामा ट्रक कसरी घुम्छ ?

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ४५ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा