स्वस्तिमाको मलयालम फड्को « Khabarhub

स्वस्तिमाको मलयालम फड्को



काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का दर्शकका लागि चिनाइरहनु पर्ने नाम होइन । स्वस्तिमा छोटो समयमै नेपाली फिल्मको अभिनय क्षेत्रमा फड्को मार्ने अभिनेत्रीमा पर्छिन् । सन् २०१५ मा फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा पाइला चालेकी स्वस्तिमा यतिबेला मलयालम फिल्म ‘थिरिमाली’का कारण चर्चामा छिन् । यो फिल्ममा उनको आइटम नृत्य दर्शकले हेर्न पाउनेछन् ।

त्यसो त स्वस्तिमालाई चिन्ने अर्को गीत भनेको फिल्म ‘२ रुपैंयाँ’को ‘कुटुमा कुटु’ हो । यो गीतलाई युट्युबमा सर्वाधिक बढी हेरिएको छ । स्वस्तिमाले फिल्म ‘बुलबुल’बाट एउटा छुट्टै पहिचान बनाएकी छन् । यो फिल्मबाट उनले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेकी छन् ।

स्वस्तिमाको अर्को विशेषता के हो भने उनी प्रष्ट वक्ता हुन् । मनमा आएको कुरालाई नचपाईकन उत्तर दिने उनको शैलीबाट जोकोही प्रभावित छन् ।

अहिले सबैको ध्यान स्वस्तिमाको आइट नृत्य रहेको मलयालम फिल्म ‘थिरिमाली’ तिर गएको छ । किनकी यो फिल्ममा स्वस्तिमाले बाहिर कहिँ कतै हल्लाखल्ला नगरीकन अभिनय गरेकी थिइन् । स्वस्तिमाले हल्लाखल्ला नगरीकन अभिनय गरेको फिल्मले नेपाली दर्शकमाझ कतिको हल्लीखल्ली गर्छ भन्ने चाहिँ प्रतिक्षाकै विषय बनेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : १९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह