आज २०७८ साल फागुन १० गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १० गते मंगलबारको राशिफल


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन १० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १० गते मंगलबार
मेष : आजको दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। शिक्षाको क्षेत्रमा जोश बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले सन्तोषजनक नतिजा प्राप्त हुने योग रहेको छ। आफन्तबाट सहयोग मिल्नेछ।

वृष : दिन राम्रै छ। संघर्ष गर्दा विजय प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गडबढ हुनेछ। इष्टमित्रबाट भने राम्रो सहयोग पाइनेछ। बोल्दा ख्याल गर्नुहोला, बोलीकै कारण इष्टभित्रसँगको दुरी बढ्नेछ।
मिथुन : दिन राम्रो छ। सफलता मिल्ने योग छ। शिक्षा, रोजगार, स्वास्थ्यका क्षेत्रहरु यथावत रहेका छन्। वैदेशिक क्षेत्रमा आज गरेको लगानीबाट प्रत्यक्ष फल प्राप्त हुनेछ। अध्ययन अध्यापनमा समेत राम्रो नतिजा आउनेछ।
कर्कट : दिन सामान्य राम्रो छ। स्वास्थ्य, शिक्षाका क्षेत्रहरु यथावत छन्। राजनीति क्षेत्रमा अचानक परिवर्तन देखिने छ। हिजोसम्म असहयोग गर्नेहरुबाट समेत सहयोग मिल्नेछ। मानसम्मान बढ्नेछ। वादविवादमा नपरेकै राम्रो।

सिंह : दिन राम्रो छ। शिक्षा, रोजगार, राजनीति, आर्थिक क्षेत्र यथास्थितीमा रहेपनि स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ। पश्चिमको यात्रा नगर्नुहोला। पठनपाठनमा रुची बढ्नेछ। समयमा नबोल्दा घाटा लाग्नेछ। सहिसमयमा सान्दर्भिक शब्द प्रयोग गर्नुहोला।

कन्या : दिन राम्रो छ। आफ्नो लागि आफै संघर्ष गरेर अघि बढ्दा फाइदा हुनेछ। अरुलाई सम्मान गर्दा खुसी मिल्नेछ। वैदेशिक, राजनीति क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।
त्ुला : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको गरेको लगानीले गुणात्मक नतिजा दिनेछ। स्वास्थ्यको क्षेत्रमा आफ्नो ख्याल गर्नुहोला, गढबढी हुने देखिएको छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुहोला।

वृश्चिक : दिन राम्रो छ। दैनिकी यथावत रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। अध्ययन अध्यापनमा जोश बढ्नेछ। राजनीति क्षेत्रमा प्रशंसा बढ्ने योग रहेको छ। आफ्नो संगठनमा नेतृत्वको भूमिका निभाउनुहोला।

धनु : आजको दिन राम्रो छ। आम्दानीको क्षेत्र राम्रो छ। वैदेशिक, राजनीति, सामाजिक क्षेत्रभन्दा धार्मिक क्षेत्रमा रुची बढ्ने योग छ। पन्छीलाई दाना, फूलमा पानी, सूर्यलाई अर्घ दिए भाग्यमा ठूलो प्रभाव पर्नेछ। स्वास्थ्यमा समेत लाभ प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। अन्य क्षेत्र यथावत रहेपनि स्वास्थ्यमा लाभ मिल्नेछ। आफूभन्दा सानाको सहयोगले गरेको कामबाट सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। दिनदुखीलाई सहयोग गरे लाभ मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा सरस्वतीको प्रभाव रहेकाले बोल्दा ख्याल गर्नुहोला। धार्मिक, राजनीतिमा समेत तपाईको बोलीमा ठूलो भूमिका रहन्छ। बाबाआमालाई नमन र स्मरण गरेर सुरु गरेको काम सफल हुने योग रहेको छ। स्वास्थ्य रशिक्षामा सामान्य रहेको छ।

मिन : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, राजनीति, धार्मिक क्षेत्रहरु यथावत रहेपनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। आफ्नो प्रभावले रोग, शोक, शत्रुहरु निस्तेज हुनेछन्। बिहान उठेर गणेश भगवानको स्मरण गर्नुहोला। सोचेका काम पूरा हुनेछन्।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : ११ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार