भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी | Khabarhub Khabarhub

भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।

सोमबार साँझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झन्डा मात्रै बाँकी छन् ।

मैदानको चारैतिरको बारमा डोरीले बाँधेर राखेका १८ वटा झन्डा चोरी भएका हुन् । झन्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न राखिएका नेपालको राष्ट्रिय झन्डा चोरी हुनु दुःखद भएको बताए । झन्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : १५ बजे

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका