ब्राउन सुगरसहित प्रविण बिसी पक्राउ « Khabarhub

ब्राउन सुगरसहित प्रविण बिसी पक्राउ


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके प्रहरीले मंगलबार बिहान लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका(१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका(१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हो ।

प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडौँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ०० बजे

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता