मैत्रीपूर्ण फुटबलमा राजधानी युवा क्लब च्याम्पियन « Khabarhub

मैत्रीपूर्ण फुटबलमा राजधानी युवा क्लब च्याम्पियन


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानी युवा क्लबले सेभेन ए साइट मैत्रीपूर्ण फुटबल प्रतियोगिता जितेको छ ।

मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा राजधानी दुवै खेल जित्दै च्याम्पियन भएको हो । प्रतियोगितामा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को सहभागिता थियो ।

राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित ग¥यो । २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको खेलमा राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे । कलाकारका लागि हरि डाँगीले सान्त्वना गोल फर्काए ।

कलाकारको तर्फबाट हरिसँगै बन्द्री पंगेनी, राजु ढकाल, धिरेन शाक्यलगायतको सहभागिता थियो ।

दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित ग¥यो । राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे । यस्तै, राजकुमार गोले र चन्द्रबहादुर कार्कीले समान एक गोल गरे । एनएसजेएफका लागि आशिष पुडासैनी र दिल तामाङले एक एक गोल गरे ।

पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो । कलाकारको जितमा हरि डाँगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बन्द्री पंगेनीले समान एक गोल गरे । यता, एनएसजेएफ भने दुवै खेलमा पराजित भयो ।

राजधानी युवा क्लब र एन्जल्स स्पोट्र्स एकेडेमीले यही १३–१४ फागुनमा सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।

सोही प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोली सम्मिलित मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ३० बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ