वृषेशचन्द्र लालसहितका नेताबाट लोसपा परित्याग, तमलोपामा प्रवेश | Khabarhub Khabarhub

वृषेशचन्द्र लालसहितका नेताबाट लोसपा परित्याग, तमलोपामा प्रवेश


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितको एक समूह लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरेको छ ।

लोसपाको असन्तुष्ट समूहले मंगलबार जनकपुरधाम पत्रकार सम्मेलन गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा औपचारिक रूपमा प्रवेश गरेको हो ।

नेता लाल राष्ट्रियसभाका पूर्वसदस्यसमेत हुन् । त्यस्तै, संविधानसभाका पूर्वसदस्य डा. विजयकुमार सिंह पनि तमलोपामा प्रवेश गरेका छन् ।

नेता लालसँगै करिब सय जना नेता तथा कार्यकर्ता पनि लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरेका छन् ।

रविशंकरकुमार कर्णले केही दिन अघि मात्र तमलोपा नामक पार्टी स्थापना गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : २० बजे

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल