थपिए ४७६ कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु « Khabarhub

थपिए ४७६ कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ ।

यस अवधिमा ८३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म नौ लाख ५३ हजार ४३० सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेका छन् । यस अवधिमा थप तीन जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ०७ बजे

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च : राष्ट्र बैंक

काठमाडौँ- पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च रहेको पाइएको छ

सात वर्षमा पनि भेरी नदीमा पुल बनेन

काठमाडौँ- ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित

छ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको छ महिनामा कूल पाँच खर्ब ८५

प्रदेश १ प्रदेशसभाद्वारा अध्यादेश पारित

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन,