श्रीलङ्कामा थप ३० जना कोभिड सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १६ हजार नाघ्यो « Khabarhub

श्रीलङ्कामा थप ३० जना कोभिड सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १६ हजार नाघ्यो


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलोम्बो- श्रीलङ्कामा पछिल्लो २४ घण्टामा थप ३० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यससँगै श्रीलङ्कामा कोभिडका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या १६ हजारभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार गरेको एक अपडेटमा जनाएको छ । आधिकारिक तथ्याङ्क अनुसार सोमबार साँझसम्म यो भाइरसबाट कुल मृत्यु हुनेको सङ्ख्या १६,०२४ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या छ लाख ३८ हजार ०४३ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरूले हाल श्रीलङ्कामा ओमिक्रोन विविधताको सङ्क्रमण फैलिएका कारण दैनिक एक हजारभन्दा बढी सङ्क्रमित हुने गरेका छन् ।

कोलम्बोलगायत विभिन्न क्षेत्रबाट अस्पतालमा भर्ना हुनेक्रम बढेको र अक्सिजनमा आश्रित बिरामीको संख्या पनि बढेको अधिकारीहरूले बताएका छन् । तथापि, अस्पतालहरूले उपचारका लागि शैया अभाबको समस्या नदेखिएको बताएका छन् ।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा माथिका नागरिकहरूलाई अतिरिक्त खोपको मात्रा लिन आग्रह गरेको छ र मानिसहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम राख्नेलगायतका सम्पूर्ण स्वास्थ्य निर्देशिकाहरु कडाइका साथ पालना गर्न प्रोत्साहित गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ०८ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा