विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति | Khabarhub Khabarhub

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुटदिने सहमति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ जहाजको भाडामा) छुटदिने सहमति गराएको हो ।

यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशत सम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।

यसरी विदेशबाट आउने नागरिकलाई हवाइ भाडामा छुट दिने सहमति गर्ने हवाइ जहाज कम्पनीहरुमा बुद्ध एअरलाइन्स प्रालि तथा यति एअरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए ।

उनले भने, “विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुइ हवाइ कम्पनीले सहमती गरेका छन्, अन्य हवाइ कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनु हुने छ ।”

यतिमात्र नभइ उक्त समितिले कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रर्वद्धनका लागि तथा यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा बृद्धि गर्ने अभिप्रायले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषद्वाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्दलाई अनुरोध गरिएको जनाएको छ ।

संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह, सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिको गएको माघ २४ गते को निर्णय अनुसार पर्यटन उद्योग सम्वन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टा छुट्टै कार्य समुह तथा प्रदेश स्तरबाट सल्लाह सुझाव लिन मधेश, गण्डकी, लुम्वबनी र सुदूरपश्चिम प्रदेशहरुबाट प्रदेश प्रतिनिधी समेत तोकी सकेको छ ।

समितिले निकट भविष्यमै देशै भरीबाट पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र सो अन्तरक्रियावाट प्राप्त सुझाब समेत समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको छ ।

कोरोनाका कारण दुई बर्ष यता आन्तरिक तथा बाह्य पर्यटन गतिविधिमा कमि आएपछि गत महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति र सो समिति अन्तरगत रहेर काम गर्न पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको थियो । कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेकोले पर्यटन क्षेत्रमा सुधार आउने विश्वास समितिले गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ३४ बजे

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि