मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीय नागरिक पक्राउ « Khabarhub

मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीय नागरिक पक्राउ


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलद्वारभित्र लुकाएर सुन तस्करी गर्ने भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्रेको छ ।

विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर तस्करी गरेको पाइएपछि ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

सो सुनको परिणाम एक हजार २६८ ग्राम रहेको छ । उक्त सुनको मूल्य एक करोड आठ लाख ४९ हजार बराबर पर्छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : २२ बजे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन