उत्तराखण्डमा धामी फेरि मुख्यमन्त्री बन्ने « Khabarhub

उत्तराखण्डमा धामी फेरि मुख्यमन्त्री बन्ने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । 

उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएपछि उनी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । उनले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई जीत दिलाएकोमा गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् । 

‘पुष्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए । 

उनले  बुधबार मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरु इच्छुक रहेको बताइएको छ । 

७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो । 

कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ०९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम