सलमान जेठ १४ मा नेपाल आउने « Khabarhub

सलमान जेठ १४ मा नेपाल आउने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपालमा आउने भएका छन् । उनलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि ल्याउन लागेको हो । 

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछन् । 

ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले मन्त्री आले र बलिउड अभिनेता खान बीच यसैसाता भर्चुअल संवाद हुने बताए । ’हामी विस्तृत जानकारी बलिउड अभिनेता सलमान खानकै भिडियो रिलिज गरेपछि दिने छौँ’ सिमान्तले भने । 

यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यसपटक सम्पूर्ण तयारी गरेर मात्र प्रचारप्रसारमा जाने तयारीमा टिम रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : १५ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको