म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण  « Khabarhub

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण 


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने  स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय ६३ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला गरिएको छ । आवेदन खुला गरेसँगै जिल्ला प्रहरी कार्यालय रसुवामा आवेदन दिन जानेको भिड लागेको छ । 

आवेदनको भर्ना खुलेको आइतबार र सोमबार दुई दिनमा एक सय ८४ जनाले आवेदन दिइसकेका छन् । जसमध्ये ३६ जना महिला र एक सय ४८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत युवा रहेको सापकोटाले जानकारी दिए । एसईई दिएका, म्यादी प्रहरीमा यसअघि नै काम गरिसकेका, भुतपूर्व सैनिक प्रहरीलगायतले आवेदन दिन आइरहेको उनको भनाइ रहेको छ । 

आइतबारदेखि सुरू भएको म्यादी भर्ना कार्यक्रम यही ११ चैत साँझ ५ बजेसम्म रहने भएको छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताईएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १ : ४६ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी