म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण  « Khabarhub

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण 


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने  स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय ६३ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला गरिएको छ । आवेदन खुला गरेसँगै जिल्ला प्रहरी कार्यालय रसुवामा आवेदन दिन जानेको भिड लागेको छ । 

आवेदनको भर्ना खुलेको आइतबार र सोमबार दुई दिनमा एक सय ८४ जनाले आवेदन दिइसकेका छन् । जसमध्ये ३६ जना महिला र एक सय ४८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत युवा रहेको सापकोटाले जानकारी दिए । एसईई दिएका, म्यादी प्रहरीमा यसअघि नै काम गरिसकेका, भुतपूर्व सैनिक प्रहरीलगायतले आवेदन दिन आइरहेको उनको भनाइ रहेको छ । 

आइतबारदेखि सुरू भएको म्यादी भर्ना कार्यक्रम यही ११ चैत साँझ ५ बजेसम्म रहने भएको छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताईएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १ : ४६ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको