युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी | Khabarhub Khabarhub

युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए ।

रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै बाइडेनले भने, ‘उनी जति भित्तामा पुग्छन्, उति नै घातक हमला गर्नेछन् ।’ उनले रुसले युक्रेनमा रासायनिक हतियार पनि प्रयोग गर्नसक्ने आशंका व्यक्त गरे ।

युक्रेनी फौजले आक्रमणकारी रुसी सेनालाई ध्वस्त पारेको दाबी गर्दै बाइडेनले युक्रेन आक्रमणमा सुस्त भएका कारण पुटिनको व्यग्रता बढ्दै गइरहेको समेत बताए ।

अमेरिकाले लगाएको प्रतिबन्धको बदला लिन रुसले साइबर आक्रमण गर्नसक्ने भन्दै यसका लागि तयार रहन समेत आह्वान गरे । ‘मेरो विचारमा उनले साइबर उपकरण्को प्रयोग गर्नेछन् – साइबर आक्रमण ।’ उनले भने, ‘उनीहरूसँग निकै परिष्कृत साइबर क्षमता छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १ : ४३ बजे

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै