मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रचण्डको भनाइ « Khabarhub

मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रचण्डको भनाइ

'माओवादीलाई हैसियतअनुसार भाग चाहिने'


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा चाँडै हेरफेर हुन सक्ने बताएका छन् । आज धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना बढेको बताएका हुन्।

उनले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दाबी गर्ने बताए । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाइ छ ।

उनले भने,‘माओवादी सबैलाई सहयोग गर्न मात्रै बनेको जस्तो भएर अब हुँदैन । जसलाई भन्यो उसैलाई प्रधानमन्त्री बनाउन पनि माओवादी नै चाहिँने तर अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ ।’

प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने सम्भावनाबारे प्रधानमन्त्रीले आफूलाई जानकारी गराएको तर यसबारे गठबन्धनमा कुनै औपचारिक छलफल भने नभएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : ०३ बजे

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२