अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने « Khabarhub

अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाइने घोषणा गरेको हो ।

‘संयुक्त राज्य अमेरिका जनगणतन्त्र चीनका अधिकारीहरूले जोखिममा परेका मानिसहरको पक्षमा बोल्ने अमेरिकी नागरिक र विदेशमा शरण लिन चाहनेसमेत जातीय र धार्मिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई तर्साउने, हरण गर्ने, सताउने र निगरानी गर्ने प्रयासहरूको निन्दा गर्दछ ।’ चीनलाई उसको आधिकारिक नामबाट सम्बोधन गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ, ‘हामी विश्वभर मानव अधिकारको रक्षाका लागि प्रतिबद्ध छौँ र जवाफदेहितालाई प्रोत्साहन गर्न सबै कूटनीतिक एवम् आर्थिक कदम चाल्नेछौँ ।’

विदेश मन्त्रालयले यस्ता किसिमका चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाइने जनाएको छ । विदेश मन्त्रालयले उइग्युर अल्पसङ्ख्यक मुसलमान विरुद्धको दमन रोक्न समेत आह्वान गरेको छ ।

यद्यपि विदेश मन्त्रालयले प्रतिबन्ध लगाएको भनिएका मानिसहरूको पहिचान भने खुलाएको छैन । ‘अमेरिकी कानून अनुसार हरेक भिसा अभिलेख गोप्य राखिन्छन् र यसबारे हामी विस्तृत विवरण दिन सक्दनौं ।’ विदेश मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु