'बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान' | Khabarhub Khabarhub

‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान’


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान गरेका छन्।

मंगलबार काठमाडौँमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औँ विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन्।

उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे। मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाइ छ ।

त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सबैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे।

मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले विभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उनले बताए । अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहको उल्लेख गरे ।

उनले ग्रामिण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : १० बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत