पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ « Khabarhub

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् ।

उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए ।

‘रुसका राष्ट्रपतिसँगको पहिलो वार्तामै म यी विषय उठाउन तयार छु ।’ युक्रेनी टेलिभिजन च्यानलमा अन्तरवार्ता दिँदै उनले भने । ‘यो सबैले सम्झौता गर्ने विषय हो : पश्चिमा मुलुकहरुका लागि जसलाई नेटोका विषयमा हाम्रा लागि के गर्ने भन्ने नै थाहा छैन, यक्रेनका लागि जो सुरक्षा ग्यारेन्टी चाहन्छ र रुसका लागि जो नेटोको विस्तार चाहँदैन ।’ उनले भने ।

त्यस्तै, उनले पुटिनसँग युद्ध अन्त्यका लागि जस्तोसुकै प्रारुपमा पनि आफू वार्ता गर्न तयार रहेको बताए । यद्यपि वार्तामा भएका छलफल जनमत संग्रहबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ३९ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक